विज्ञान प्रविधि

एनभिडियाका प्रमुख ह्वाङद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ अर्ब सहयोग

नुवाकोट १४ भदौ : आइतबार नुवाकोटको विदुर नगरपालिका- १ स्थित ढुङ्गे बजारमा यही भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले गर्दा त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त संरचना र सडककाे लेदो डाेजरकाे सहयाेगमा पन्छाइँदै ।तस्बिर : हरिराम भेटुवाल/ रासस


काठमाडौँ, १९ भदौः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अमेरिकी एआइ कम्पनीका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब डेढ अर्ब (१० मिलियन अमेरिकी डलर) सहयोग गरेको जानकारी दिएका छन् । अर्थमन्त्री डा वाग्लेले नेपाल सरकारका तर्फबाट ह्वाङप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रसुवा–भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताए ।

“नेपाल सरकारका तर्फबाट एनभिडियाका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रसुवा–भोटेकोशी बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्नुभएकामा हार्दिक आभार व्यक्त गर्दछु”, उनले भनेका छन् । अर्थमन्त्री डा वाग्लेले ह्वाङको योगदान परोपकारी दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै यसबाट अन्य व्यक्ति तथा संस्थालाई पनि विपद् प्रभावितको सहयोगमा योगदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरकोछन् । उनले उक्त सहयोगले विपद्का कारण प्रभावित भएका नागरिकको राहत तथा पुनःस्थापनाका लागि थप सहयोग पुग्ने बताए ।