विवादित अभिव्यक्ति दिएको भोलीपल्ट उद्योगमन्त्री यादवको राजीनामा
काठमाडौँ, २५ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन् । आज उनले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाइन् । मन्त्री यादवको सचिवालयले भनेको छ, “उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको छ ।” उनले बुधबार मात्र व्यापारीलाई पाता कस्ने र कर्मचारीले सहयोग नगरेको उनले बताएकी थिइन् । अहिले बजारमा ग्यासको चरम अभाव छ ।