समाचार

गुल्मी सेवा समाज यूएईको तीज फेस्टिभल

१ असोज, यूएई । गुल्मी सेवा समाज, यूएईको आयोजनामा तीज फेस्टिभल २०२६ सम्पन्न भएको छ । अगष्ट २३ आइतबारका दिन बरदुबईस्थित जया किचनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी प्रदेश समाज यूएईका अध्यक्ष नारायण अधिकारीको प्रमुख आतिथ्यता तथा गुल्मी सेवा समाज, यूएईका अध्यक्ष जीवनसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

सांगीतिक कार्यक्रममा लोक गायिका सुस्मा शाही ठकुरी, यूएईका स्थानीय कलाकारहरु रुद्र थापा, ध्रुव कुँवर, नारायण सुनार, पवित्रा टण्डन गायक तथा सांस्कृतिक विभाग प्रमुख विनय खत्रीको प्रस्तुति रहेको थियो । नेपाली सांस्कृतिक, परम्परा र मौलिक चाडपर्वहरुको संरक्षण र सम्वद्र्धन गर्दै सामाजिक सेवाको उद्देश्यलाई जोडेर आयोजना गरिएको उक्त कार्यक्रमबाट संकलित वचत रकम समाजसेवाका क्षेत्रमा उपयोग गरिने समाजका अध्यक्ष जीवनसिंह ठकुरीले बताए ।