महिला समाज यूएईको तीज विशेष कार्यक्रम
१ असोज, यूएई । महिला समाज यूएईको तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । बरदुबईस्थित बोसी क्लबमा अगष्ट २३ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो । समाजकी अध्यक्ष श्वेता नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि लक्ष्मी ज्वेलर्सकी सञ्चालिका कमला भण्डारी रहेकी थिइन् ।
समाजकी सचिव सीता पंगेनी थापाले औपचारिक सञ्चालन गरेको उक्त कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न संघसंस्था प्रमुख र महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली दिदीबहिनीहरुले मौलिक परम्परागत तीजका गीतहरु गाएका थिए । त्यसैगरी कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुति गरेको थियो ।