इर्यू राष्ट्रहरूद्वारा युक्रेनी हतियार कोषको ६.६ अर्ब युरो प्रयोग गर्न दिने सहमति
ब्रसेल्स, १० असोज (रासस–एएफपी) । युरोपेली सङ्घ (ईयू) सदस्य राष्ट्रहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूूर्ति गर्न बनाइएको कोषबाट ६।६ अर्ब युरो (७.५ अर्ब डलर) जारी गर्न सहमति जनाएका समूहकी शीर्ष कूटनीतिज्ञले शुक्रबार बताएका छन् । इयू राष्ट्रहरू वर्षौंदेखि समूहको युरोपेली शान्ति सुविधा कोषअन्तर्गत प्रतिपूर्तिको प्रतीक्षामा थिए। युक्रेनलाई सैन्य सहयोग दिन हङ्गेरीको विरोधका कारण भुक्तानीहरूका लागि भिटो लागेको थियो ।
अप्रिलमा पिटर म्याग्यारले भिक्टर ओरबानलाई प्रतिस्थापन गरेपछि बुडापेस्टले नीति परिवर्तन ग¥यो। त्यसपछि युरोपेली राजधानीहरूले यो रकम कसरी प्रयोग गर्ने भन्नेबारे छलफल गर्दै आएका थिए। शुक्रबार युरोपेली सङ्घकी विदेश नीति प्रमुख काजा काल्लासले ४।७ अर्ब युरो सदस्य राष्ट्रहरूलाई प्रतिपूर्ति गर्न प्रयोग गरिने बताउनुभयो । केही देशहरूले आफ्नो अंश युक्रेनलाई रुसविरुद्ध लड्न सहयोग गर्न प्रयोग गर्ने बताइसकेका छन्।
“करिब ९० करोड युरो युक्रेनी सेनाका लागि युरोपेली सङ्घको नेतृत्वमा हुने तालिम मिसनमा खर्च हुनेछ भने एक अर्ब युरो नयाँ संयुक्त खरिद उपकरणमा खर्च हुनेछ,” काल्लासले बताए । “मस्कोको हाइब्रिड आक्रमणले युरोपलाई युक्रेनप्रति सहयोग घटाउन डराउने प्रयास गर्दैछ। युरोप उल्टो गरिरहेको छ,” उहाँले सामाजिक सञ्जालमा लेखेका छन् ।