समाचार

तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

काठमाडौँ, ८ असोजः पानीमा छाता ओढेर गन्तव्यतर्फ जाँदै सर्वसाधारण काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिकचोक सडकमा बिहीबार पानीमा छाता ओढेर गन्तव्यतर्फ जाँदै सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, १९ असोजः मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक वर्षा भए पछि चिन्तित भएका छन् । जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना भए पनि लगातार झरी नपर्ने बताएको छ । आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको तर लामो समयसम्म लगातार झरी नपर्ने मौसमविद् विनु महर्जनले राससलाई बताइन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ । कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।