लियोनल मेसीको भब्य बिदाई, अन्तिम खेलमा गरे गोल
२१ असोज, काठमाडौं । अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीको भब्य बिदाई गरिएको छ । बेनिन्विरुद्धको खेलमा मेसी उपस्थित भए । यस खेलका लागि अर्जेन्टाइन फुटबल संघले मेसीलाई विशेष आमन्त्रण गरेको थियो । जसमा मेसीले दुई असिस्ट र एक गोल समेत गर्दै आफ्नो २१ वर्षे करियर टुङ्ग्याएका छन् । खेल अघि र पछि भब्य कार्यक्रम आयोजना गरियो ।
खेलपछि उनले केहीबेर सम्बोधन समेत गरेका थिए । विश्वबिजेता मेसी सर्वकालिन महान फूलबलरमध्ये एक मानिन्छन् । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो बिदाइ खेलमा गोल गर्दा समग्रमा अर्जेण्टिना ३–० गोल अन्तरले विजयी भएको हो । निकोलस ओटामेन्डी र निको पाजले १–१ गोल गरे । मेसीले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । अर्जेण्टिनाले सन् २०२२ मा विश्वकप उचाल्दा मेसी कप्तान थिए ।