समाचार

भेनेजुएलाका पूर्व नेता मादुरो र मादुरोकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता

(FILES) Venezuela's President Nicolas Maduro and his wife Cilia Flores wave to supporters as they leave the Capitolio -home of the National Assembly- after taking the oath during the presidential inauguration in Caracas on January 10, 2025. President Donald Trump said on January 3, 2026, that US forces had captured Venezuelan leader Nicolas Maduro after launching a "large scale strike" on the South American country. "The United States of America has successfully carried out a large scale strike against Venezuela and its leader, President Nicolas Maduro, who has been, along with his wife, captured and flown out of the Country," Trump said on Truth Social. (Photo by Juan BARRETO / AFP)

न्यूयोर्क, २३ असोज (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले बिहीबार भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध नयाँ यातना आरोप दर्ता गरेको छ । यसले अमेरिकी हिरासतमा रहेका यी दुईविरुद्ध बढ्दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ । मादुरो र फ्लोरेसले जनवरीमा काराकासको आफ्नो परिसरबाट असाधारण अमेरिकी सैन्य छापामार्फत पक्राउ परेपछि पहिले नै संयुक्त राज्य अमेरिकामा लागूऔषध तस्करी र हातहतियारसम्बन्धी आरोपहरू सामना गरिरहेका छन्।

बिहीबार सार्वजनिक भएको अदालती कागजातले दुवैलाई अब यातनाको षड्यन्त्रको अतिरिक्त आरोप लगाइएको छ । कागजातमा भनिएको छ, “उनीहरूले ‘गम्भीर शारीरिक र मानसिक पीडा तथा कष्ट’ पु¥याएका थिए।” आरोपमा भनिएको छ, “मादुरोको कथित उद्देश्य ‘राजनीतिक विपक्षीलाई दमन र सजाय दिनु, असहमति र कथित असहमतिलाई मौन पार्नु, सरकारका सदस्यहरूको शक्ति र अधिकार संरक्षण तथा रक्षा गर्नु, तथा अपहरणमार्फत आफ्ना विरोधीहरूलाई डरत्रास, उत्पीडन र निष्क्रिय पार्नु’ थियो।”

अभियोजकहरूले अमेरिकी नागरिकसमेत अज्ञात पीडितहरूलाई भेनेजुएली हिरासतमा विद्युतीय झट्का दिने, ‘वाटरबोर्डिङ’ गर्ने र कुटपिट गर्ने जस्ता घटनाहरूको विवरण दिएका छन् । मादुरो र फ्लोरेसविरूद्धको मुद्दाको सुनुवाई आगामी जुन महिनामा न्यूयोर्कमा हुने योजना छ । उनीहरू हाल ब्रुकलिन जेलमा थुनामा छन्।