समाचार

एनपीएलमा आज एक खेल, जनकपुर र पोखरा भिड्दै

एनपिएल उद्घाटन खेलमा दर्शकले भरिभराऊ त्रिवि क्रिकेट मैदान काठमाडौँ, ९ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भरिभराऊ दर्शकको ड्रोनबाट लिइएको दृश्य । तस्बिर : घनश्याम श्रेष्ठ/रासस

१५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आइतबार आज एक खेल मात्रै हुँदैछ । आजको खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने(सामने हुन लागेका हुन् ।

जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो । पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । हालसम्मको अंकतालिकमा जनकपुर पाँचौ र पोखरा अन्तिम स्थानमा रहेको छ ।