ट्रम्पको आर्थिक नीतिमा अमेरिकी जनताको असन्तुष्टि :भोटर सर्भे
१८ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि चुनावअघि मतदाताहरूमा गरिएको एक सर्भेक्षणको प्रारम्भिक नतिजा अनुसार, करिब दुई–तिहाइ मतदाताहरूले राष्ट्रपति ट्रम्पका नीतिहरूले अमेरिकी अर्थतन्त्रको स्थितिलाई अझ बिगारेको बताएका छन्। यस विपरीत, २८ प्रतिशत मतदाताहरूले ट्रम्पका नीतिहरूले आर्थिक स्थितिमा सुधार ल्याएको विश्वास गरेका छन् । आठ प्रतिशतले राष्ट्रपतिका नीतिहरूको अर्थतन्त्रमा कुनै महत्त्वपूर्ण प्रभाव नपरेको बताएका छन्।
सर्भेमा मतदाताहरूलाई उनीहरूको मतदानको एउटा कारण राष्ट्रपति ट्रम्पप्रति समर्थन वा विरोध जनाउनु थियो कि थिएन भनेर पनि सोधिएको थियो ।
४३ प्रतिशत मतदाताहरूले आफ्नो मतदानको एउटा मुख्य कारण राष्ट्रपतिप्रतिको असन्तुष्टि वा विरोध व्यक्त गर्नु रहेको बताए।
४१ प्रतिशत ले ट्रम्प उनीहरूको मतदानको निर्णयमा कुनै महत्त्वपूर्ण कारक नभएको उल्लेख गरे। केवल १६ प्रतिशत मतदाताहरूले मात्र राष्ट्रपतिप्रति समर्थन जनाउनका लागि मतदान गरेको बताए। उल्लेखित तथ्याङ्कहरू प्रारम्भिक हुन् र रातभरमा थप विवरणहरू प्राप्त हुँदै जाँदा यसमा परिवर्तन हुन सक्छ। रिपब्लिकन र डेमोक्रेटिक मतदाताहरू बीचको विस्तृत विभाजन सम्बन्धी जानकारी भने अझै उपलब्ध भइसकेको छैन।
एजेन्सीहरुको सहयोगमा