समाचार

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

काठमाडौँ, २३ कात्तिकः देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेतबाट ४१, ललितपुरबाट ११, काभ्रेपलाञ्चोकबाट ११, धनुषाबाट १८ र सर्लाहीबाट २६ जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुका साथबाट करिब रु २५ लाख बरामद गरेको छ ।