विश्व

तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार

(FILES) Jellyfish lay on the shore near the Gravelines nuclear power plant in Gravelines, northern France on August 12, 2025. A massive influx of jellyfish into the seawater pumping stations at the Gravelines nuclear power plant (Nord) forced EDF on August 10, 2026 to shut down three of its reactors, the group announced on its website on August 11, 2026. (Photo by Sameer AL-DOUMY / AFP)

सिड्नी, २७ कात्तिक (रासस–सिन्ह्वा) । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले समुद्र तटका तस्बिर विश्लेषण गरी सम्भावित रिप करेन्ट (समुद्रको पानी तीव्र गतिमा समुद्रतर्फ फर्कने धार) पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मोबाइल उपकरण विकास गरेका छन् । अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सले बुधबार जारी गरेको विज्ञप्तिअनुसार, ‘रिप आय’ नामक उक्त परियोजनाअन्तर्गत विकसित उपकरणले समुद्रको सतह र छालको अवस्थासम्बन्धी तस्बिर विश्लेषण गरी केही सेकेन्डमै सम्भावित खतरनाक धार पहिचान गर्न सक्छ ।

यस उपकरणमा अन्तरक्रियात्मक खेलसमेत समावेश गरिएको छ । यसले सर्वसाधारणलाई समुद्रमा देखिने खतरनाक धार पहिचान गर्ने तरिका सिकाउन मद्दत गर्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । रिप करेन्ट अस्ट्रेलियाका समुद्र तटमा हुने सबैभन्दा घातक जोखिममध्ये एक हो । सन् २०२५ को राष्ट्रिय डुबानसम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएका समुद्र तटमा भएका डुबानका घटनामध्ये ४७ प्रतिशतमा यस्ता धारको भूमिका रहेको थियो । उक्त प्रतिवेदनमा समुद्र तटमा डुबेर मृत्यु भएका ६६ जनाको विवरण समावेश छ ।

अनुसन्धानकर्ताले विभिन्न समुद्र तटबाट सङ्कलन गरिएका १० हजारभन्दा बढी रिप करेन्टसम्बन्धी विवरणसहित हजारौँ तस्बिर प्रयोग गरी एआई मोडेललाई प्रशिक्षण दिएका थिए । अनुसन्धानकर्ताका अनुसार, उक्त उपकरणले करिब ८० प्रतिशत अवस्थामा रिप करेन्ट सही रूपमा पहिचान गर्न सक्छ । यद्यपि, यसले कुनै जलक्षेत्र सुरक्षित रहेको सुनिश्चित गर्न नसक्ने उनीहरूले स्पष्ट पारेका छन् ।

यस गर्मीयाममा अस्ट्रेलियाका छनोट गरिएका सर्फ लाइफ सेभिङ क्लबहरूमा उक्त उपकरणको परीक्षण गरिनेछ । भविष्यमा समुद्र तटमा जनचेतना अभिवृद्धि तथा उद्धार कार्यलाई सहयोग पु¥याउन यसको प्रयोग गर्ने लक्ष्य राखिएको छ ।