समाचार

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

file : In this photo provided by the North Korean government, its leader Kim Jong Un and his daugther attend a commissioning ceremony of a destroyer, Kang Kon at a port in Wonsan, North Korea Sunday, Sept. 6, 2026. Independent journalists were not given access to cover the event depicted in this image distributed by the North Korean government. The content of this image is as provided and cannot be independently verified. Korean language watermark on image as provided by source reads: "KCNA" which is the abbreviation for Korean Central News Agency. (Korean Central News Agency/Korea News Service via AP)

सियोल, ७ मङ्सिर (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुन नसकेको केही दिनपछि उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षालाई प्राथमिकता दिँदै वैदेशिक सम्बन्ध विस्तार गर्ने बताएका छन् । राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार नयाँ नियुक्त राजदूतहरूबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै उनले स्वतन्त्रता, शान्ति र मित्रतामा आधारित विदेश नीति अघि बढाउने बताए । कार्यक्रममा रुसका लागि नियुक्त राजदूत पनि सहभागी थिए ।


किमले बढ्दो विश्वव्यापी सुरक्षा सङ्कट तथा राजनीतिक र आर्थिक अस्थिरताबीच उत्तर कोरियाले प्रभुत्व वा विस्तारको नीति नअपनाउने बताए । सामान्यतया वरिष्ठ अधिकारीले गर्ने राजदूतहरूको प्रमाणपत्र ग्रहण समारोहमा उनी स्वयं विदेशमन्त्री चो सोन हुईसँग उपस्थित भए । गत साता एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका लागि चीन पुगेका ट्रम्पले किमसँग भेट्ने प्रयास गरेका थिए ।

तर, भेटको व्यवस्था हुन नसकेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि उनी बिहीबार एसियाबाट फर्किएका थिए । किमको प्रत्यक्ष सहभागितालाई उत्तर कोरियाको सार्वभौमिकतामा आधारित कूटनीतिको सङ्केतका रूपमा विश्लेषण गरिएको छ । दक्षिण कोरियाको क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले एएफपीसँग कुरा गर्दै ट्रम्पको पहलबाट प्रभावित नभई राजदूतहरूलाई स्वागत गर्नु उत्तर कोरियाले बहुध्रुवीय विश्व व्यवस्थामा आफ्नो भूमिका विस्तार गर्न चाहेको सङ्केत भएको बताए ।

ट्रम्पको पहिलो कार्यकालमा किमसँग भएका शिखर वार्ताबाट उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने ठोस सम्झौता हुन सकेको थिएन । संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आणविक कार्यक्रम अघि बढाउँदै आफ्नो आणविक हैसियतलाई कानूनी मान्यता दिएको छ र हतियार भण्डारलाई स्थायी तथा अपरिवर्तनीय घोषणा गरेको छ । यसैबीच, युक्रेनविरुद्धको युद्धमा रुसलाई सैन्य सहयोग गर्न सेना परिचालन गरेपछि उत्तर कोरिया र रुसबीचको सम्बन्ध थप सुदृढ भएको छ ।