विश्व

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता

(261122) -- BANTEN, Nov. 22, 2026 (Xinhua) -- A police officer is pictured in front of a destroyed structure at a candy factory that caught fire in Banten province, Indonesia, Nov. 22, 2026. Seven people were found killed and about 50 others remained missing after a fire broke out on Saturday night at a candy factory in Indonesia's Banten province, Indonesian police said Sunday. (Xinhua/Veri Sanovri)

जकार्ता, १० मङ्सिर (रासस–एएफपी) । इन्डोनेसियाको जाभा टापुमा भारी वर्षापछि आएको बाढीका कारण सुन खानीमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ भने एक दर्जनभन्दा बढी अझै बेपत्ता छन् । उद्धार अधिकारीले बिहीबार यो जानकारी दिएका हुन्। खनिजले भरिपूर्ण दक्षिणपूर्वी एसियाली द्वीपसमूहमा खानी दुर्घटना सामान्य छन्। विशेष गरी अनुमति नभएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र प्रायः बेवास्ता गरिने हुँदा यस्ता घटना बढी हुन्छन् ।

सोमबार भारी वर्षापछि नजिकैको नदीले बाढी ल्याउँदा खानी डुबेको थियो र कामदारहरू भित्रै थुनिएका थिए । स्थानीय खोज तथा उद्धार प्रमुख देसियाना कार्तिका बहारीले वक्तव्यमा भनेका छन्, “बिहीबार बिहानसम्म १३ जना कामदारको शव भेटिएको छ भने १३ जना अझै बेपत्ता छन् ।” उद्धार अभियानमा करिब १०० मिटर (३३० फिट) गहिरा साँघुरो खाल्डा, न्यूनतम उज्यालो र चिप्लो भूभागजस्ता चुनौतीहरू रहेको देसियानाले बताए ।


‘खोज तथा उद्धार (एसएआर) अभियानमा संलग्न कर्मचारीको सुरक्षा प्राथमिकतामा राख्दै स्थलगत अवस्थालाई ध्यानमा राखेर सबै प्रयास गरिएको छ,” उनले थपे । पश्चिम जाभा प्रहरी प्रवक्ता हेन्द्रा रोच्मावानका अनुसार सोमबार पानीले सुरुङ डुबाउनुअघि ११ जना खानी कामदार सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए। अधिकारिहरूलाई फसेका कामदारबारे मङ्गलबार मात्रै जानकारी पाइएको र उद्धार प्रयास भइरहेको उनले बताए ।